STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेयर कप कराँते आजदेखि

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुनेछ । सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ । पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा नै भीडन्त हुनेछ । दुवै प्रतियोगितामा गरी १६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिनुभयो । दुवै प्रतियोगिताका क्रममा रेफ्री सेमिनार र डान परीक्षा जापानका जेबी सुजुतोले सञ्चालन गर्ने गुरुङको भनाइ छ ।
Categorized in खेलकुद