STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेगा बैंकले लाभांश दिने

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ९, बिहिबार

मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन आउने बराबरको मुनाफा वितरण गर्न लागेको हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले रु एक अर्ब २२ करोड छ लाख ६३ हजार नगद लाभांश शेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकका नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिनुभयो । यस्तै मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्नेसम्बन्धी विषयमा दुवै बैंकबीच सैद्धान्तिक सहमति भएको छ । मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष सुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
Categorized in बिजनेस