STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेक्सिकोमा चौध जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ३, बिहिबार

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए । गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका सो बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय