STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मूल्य घटाउन सकिँदैन - आयल निगम

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १८, बुधबार

काठमाडौं - पेट्रोलियम पदार्थमा घाटा रहेको भन्दै नेपाल आयल निगमले अहिलेकै स्थितिमा मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि भाउ घटाउन नसकिने जनाएको हो ।

निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रुपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको निगमको भनाइ छ ।

यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

यस्तै, यही अगस्तमा आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ ।

Categorized in बिजनेस