STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मुम्बईमा रोजिनको कोरियोग्राफी

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

काठमाडांै– नेपाली फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको संचालन तथा कोरियोग्राफीमा भारतको मुम्बईमा मोडल प्रतिस्पर्धा सम्पन्न भएको छ । हालै मात्र भारतको मुम्बईस्थित अँधेरीमा भएको मोडल सुपर स्टार २ को फाइनल प्रतिस्पर्धा नेपाली तथा भारतीय मोडलहरुको सहभागिता रहेको थियो । फेसन शो शैलीमा सम्पन्न उक्त मोडल प्रतियोगितामा नेपालका रबिन घिसिङ र जिना लिम्बु पाङ्मा विजेता चयन भएका थिए । आकृति सुवेदीले भने भोटिङ आधारमा विजेताको ताज पहिरिन् । नेपालकै स्मृति शाह र प्रशान्त शाह फस्ट रनर अप चयन भएको सो प्रतियोगितामा भारतीय मोडल सुमित आनन्द सेकेन्ड रनर अप तथा स्नेहा बर्मनले अर्गनाइजर च्वाइसको अवार्ड थापे । भारतीय मोडल नेहा शर्माले ट्यालेन्ट विधाको अवार्ड उचालिन् भने नेपाली मोडलहरु रोशन सुनाम वेष्ट वाक र रचना कार्की फोटोजेनिक अवार्डका हकदार बनेका थिए । नेपालस्थित प्रोमोटिङ सोलुसन मोडलिङ एजेन्सीले भारतको मुम्बईमा रहेको वन् आई डेस्टिनी क्रिएसनको सहकार्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा भारतीय टेलिभिजन सिरिज, वेभ सिरिज तथा थिएटरमा अभिनेत्रीका रुपमा कार्यरत नेपाली सुन्दरी सभ्यता गिरी शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् । कार्यक्रमलाई विभिन्न बलिउड नृत्य प्रस्तुतिले मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा नेपालस्थित सजिनाज् क्रिएसन तथा वन्डर भाइब्स क्रिएसनका विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएका थिए ।
Categorized in सिनेमा