STC 810x100 adv
Swasthya Mantralaya

मुगुको गमगढी बजारमा भीषण आगलागी

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ३०, मंगलबार

मंगलबार, कात्तिक ३० - मुगुको गमगढी बजारमा भीषण आगलागी भएको छ । गए राति पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर पूर्ण रूपमा नष्ट भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

राति साढे १२ बजेतिर आगलागी सुरु भएको हो । आगो निभाउने प्रयास अहिले पनि जारी रहेको महतले बताए ।

उनले आगलागीमा मानवीय क्षति भएकाे जानकारी अहिलेसम्म प्राप्त नभएकाे बताए । आगो नियन्त्रणमा लिन जोडिएका घरहरू भत्काइएको छ । जोडिएका घर रहेको बस्तीमा भएको आगलागी निभाउनका लागि पर्याप्त स्रोत साधन नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी महतले बताए । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । 'ठूलाे आगाे लगभग नियन्त्रणमा लिएका छाैँ', उनले भने, 'निभाउने काम अहिले पनि जारी छ ।' आगलागीकाे कारण अहिलेसम्म खुल्न सकेकाे छैन । 

Categorized in अपराध-दुर्घटना
kmc sujib