STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २३, सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।

मुख्यमन्त्री पोखरेललाई अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चावीच गठबन्धन बनाउने प्रयास भइरहेको छ । त्यसका लागि कांग्रेसले आन्तरिक छलफल तीब्र पारेको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलहरुवीच गोप्य र अनौपचारिक  छलफल तीब्र पारिएका छन् । टुंगो लागि नसकेको भए पनि एक हप्ताभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री कांग्रेसले पाउने सहमति अनुसार अविश्वास प्रस्ताव दर्ता हुन लागेको हो ।

लुम्बिनीको प्रदेशसभा ८७ सदस्यीय छ । त्यसमा ४१ जना संसाद एमालेका छन् । बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा माओवादी दोस्रो दलको रुपमा उपस्थित छ ।  माओवादी केन्द्रसँग २० सांसद छन् भने तेस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।

Categorized in राजनीति