STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिस नेवाः यो वर्ष पनि हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ ७, बुधबार

विगत डेढ दशक अगाडि देखि नियमित रुपमा सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता हरु आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि मिस नेवाः प्रतियोगितालाई निरन्तरता दिने भएको छ। नेप्लिज फेशन होमले आगामी फागुन ७ राजधानीको नेपाल प्रज्ञचा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ आयोजना गर्ने कुरा अध्यक्ष हेमा मानन्धर ले जानकारी दिनु भएको छ ।

मिस नेवाः का प्रतिस्पर्धीहरुले  बेस्ट स्कीन, बेस्ट हेयर र बेस्ट पर्सनालिटीका लागि आईतबार राजधानीको सुन्धारास्थित काठमाडौं मलमा अवस्थित ग्लो ब्युटि स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरतालाई थप आकर्षक बनाएका छन्।

एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटि स्टुडियोले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रतिस्पर्धीहरुले आफुलाई थप सुन्दरी बनाउने प्रयास गरेका हुन् ।

मिस नेवाः का प्रतिस्पर्धीहरुलाई क्लिन्जिंग, हेयरवास, थ्रेडिङ, फेसवासलगायतका सेवा दिइएको कुरा ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथा मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराउनु भएको ४  । उहाँले सहभागी नेवार सुन्दरीहरुलाई ब्युटि टिप्सको कक्षा पनि दिनु भयो । 

सो अवसरमा आयोजक तथा नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाःका प्रतिस्प्रर्धिहरुलाई ग्लो ब्युटि स्टुडियोले थप सुन्दर बनाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै ब्युटि स्टुडियोको सहयोगले मिस नेवाः प्रतियोगितालाई थप बल मिल्ने बताउनु भयो  । कार्यक्रममा नेपाल क्योकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः नेपाल ११३९ की बिजेता नितु डंगोल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायत सहभागी थिए।

१५औं संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लीज फेशन होमकमी अध्यक्ष हेमा मानन्धरले जानकारी गराउनु भयो । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ। नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी गराउनु भएको छ  ।

Categorized in साहित्य-कला