STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिस नेवाःको लागि छानिए १६ सुन्दरीहरु

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १८, आइतबार

१८ पौष, विराटनगर - मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको मिस नेवाः प्रदेश एक ११४२ को अडिसनबाट १६ नेवाः सुन्दरीहरु छानिएका छन् । विराटनगरमा पौष १० र १७ गते दुई दिन भएको अडिसनबाट १६ जना सुन्दरीहरु फाइनल राउण्डका लागि छनौट भएका हुन् ।

नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः प्रदेश एकका दुवै अडिसन विराटनगरमा भएका थिए ।

अडिसनमा निर्णायकको भुमिकामा प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, मिस नेवाको अघिल्लो संस्करणको उपविजेता सुनयना श्रेष्ठ र झिःपुच विराटनगरका सदस्य सञ्जु शाक्य, पत्रकार तथा साहित्यकार मीनकुमार नवोदित, अघिल्लो संस्करणकी विजेता रस्मिता उदासलगायत रहेका थिए ।

धरान, विराटनगर, इटहरीलगायतका स्थानबाट प्रतियोगी अडिसनमा सहभागी भएको मञ्जिना मुभिज क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । छनौट भएका सुन्दरीहरुको प्रशिक्षण भने आइतबारबाट सुरु भएको छ ।

अब सांस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल भने आउँदो माघ ३ गते विराटनगरस्थित नमस्कार होटलमा गरिने निर्देशक ताम्राकारले जानकारी दिए ।

यस वर्षको मिस नेवाःको विजेताले ग्रेटाको स्कुटीसहित ज्योती लाईफ इन्स्योरेन्सबाट १५ लाखको बिमाको सुविधा पाउने उनले बताए । त्यसैगरी उपविजेताहरुले ताजसहित क्रमशः ७ लाख र पाँच लाखको बिमा पाउनेछन् ।

मिस नेवाःको यो चौथो संस्करण हो । गतवर्ष भने कोरोनाको संक्रमणले गरेर प्रतियोगिता स्थगित भएको थियो । मिस नेवाः मा नेवार समुदायका १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।

Categorized in साहित्य-कला