STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिसेस नेवा: वर्ल्ड ११४३ आयोजना गर्ने घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण ७, आइतबार

धर्म , संस्कृति र संस्कार  संरक्षण साथसाथै ब्यक्तिलाई ब्यक्तित्व बनाउन , लुकेको प्रतिभालाई प्रस्फुटन गराउन काराओके ईन्टरटेन्मेन्टले अबदेखि नेवार समुदायका विवाहित महिलालाई पनि अवसर अनि अधिकार दिने जमर्को सहित मिसेस नेवाः प्रतिस्पर्धा गरिने भएको छ ।

मिसेस नेवाः ११४३ प्रतिस्पर्धा आयोजना गर्न आयोजित शनिबार पत्रकार सम्मेलनमा  संस्थाका सल्लाहकार उमा देवी रन्जितकार , मिस नेवा: वर्ल्ड रनर अप स्नेहा खड्गी , पुर्व कुमारी मिस नेशनल समिता बज्राचार्य र आयोजक संस्थाका प्रमुख खगेश रन्जितले यस विषयमा जानकारी गराएका थिए  ।

निकट भविष्यमा नै हुने सो प्रतिस्पर्धाका लागि  श्रावण १५ गतेबाट एक महिने तालिम हुनेछ भने यसको आफिसियल कोरियोग्राफि मिस् नेशनल समिता बज्राचार्यले गर्ने भएको छ । सो पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ सल्लाहकार सनत कुमार थापा पनि उपस्थिति रहेको थियो ।

Categorized in साहित्य-कला