STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिश्र समूह राप्रपामा समाहित हुने

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ११, मंगलबार

काठमाडौं - विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूह राप्रपामा समाहित हुने भएको छ । मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ ।

राप्रपाका एकजना प्रवक्ता मोहन श्रेष्ठले घोषणासभा बुधबार काठमाडौंमा हुने जानकारी दिए । श्रेष्ठले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेजका कारण विवादित भएका थिए । सोही कारण पार्टी नै दुई समूहमा विभाजित भएको थियो ।

पार्टीको विवाद साम्य नहुँदै मिश्रले केही समयअघि पार्टी परित्याग गरेर राप्रपासँग छलफल चलाएका थिए । राप्रपामा वरियताकाे कुरा मिलेपछि मिश्र समाहित हुन लागेका हुन् ।

Categorized in राजनीति