STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मार्सी धान जोगाउन डिपिआर तयार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ । 
जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो । 
गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा उत्पादकत्व बढाउन र यसको संरक्षण गर्न आधार तयार गर्ने छ । मार्सीसहित पातारासी गाउँपालिकालाई कृषि पर्यटनको नमूना गाउँपालिका बनाउने योजनाअन्तर्गत डिपिआरको तयारी भइरहेको हो, प्रशासकीय अधिकृत बुढ्थापा स्पष्ट पार्नुभयो । 
मार्सी धानले बजार पाउन थालेपछि अहिले यसको उत्पादन तथा संरक्षणमा स्थानीयवासीसमेत जुटेका छन् । यसका लागि सिँचाइकुलो व्यवस्थित गर्नेदेखि अन्य व्यवस्थापनमा किसानले जोड दिएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा जुम्लामा कूल छ हजार ९० हेक्टर क्षेत्रफलमा लगाइएको यो धानवालीबाट दुई हजार ९०० मेट्रिक टन उत्पादन भएको थियो । 
Categorized in राष्ट्रिय