माधव नेपाल र झलनाथ खनाल एमालेबाट निष्काशित
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १०, सोमबार
नेकपा एमालेले झलनाथ खनाल र माधवकुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेपाल र खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो।
बैठकले भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको छ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।
Categorized in राजनीति


