STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ६, बुधबार

नेकपा (एमाले) को माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी छ । केहीबेर अघि सुरु भएको बैठकमा आगामी कदमबारे छलफल हुने बताइएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसपछि पहिलोपटक माधव पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । मंगलबार साँझ नेपाल पक्षका सांसदहरूको बैठक बसेको थियो ।

Categorized in राजनीति