STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माणिकलाल श्रेष्ठलाई सम्झँदै नेपालभाषा केन्द्रीय विभागमा श्रद्धाञ्जलि गोष्ठी

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १६, सोमबार

काठमाडौं - नेवार अगुवा एवं नेपालभाषा साहित्यका वरिष्ठ समालाेचक प्रा. माणिकलाल श्रेष्ठकाे एक श्रद्धाञ्जलि गाेष्ठीकाे आयाेजना गरिएकाे छ ।

नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमकाे आयाेजनामा आज साेमबार बिहान विभागमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

विभागीय प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वर्गीय श्रेष्ठकाे तस्बिरमा माल्यापर्ण गरी उहाँकाे स्मृतिमा एक मिनेट माैन धारण गरिएकाे थियाे ।

कार्यक्रममा विभागका पूर्व प्रमुख डा. सुन्दरकृष्ण जाेशीले श्रेष्ठकाे याेगदानबारे चर्चा गर्नुभएकाे थियाे । मन्तव्य राख्नुहुँदै विभाग प्रमुख श्रेष्ठले स्व. श्रेष्ठका छरिएर रहेका विभिन्न लेख, रचना एवं विशेष भूमिकाहरू संग्रह गरी अभिलेखिकरण गर्नुपर्ने अावश्यकता अाैंल्याउनुभएकाे थियाे ।

कार्यक्रममा विभागका शिक्षक उपप्रा रवि शाक्यले स्व. श्रेष्ठकाे व्यक्तित्व र समालाेचकीय प्रवृत्तिकेन्द्रित स्लाइड प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रम विभागका शिक्षिका दीपा महर्जनले सञ्चालन गर्नुभएको थियाे ।

कार्यक्रममा स्व. श्रेष्ठकाे परिवारलगयात विभागका पूर्व विभागीय प्रमुख, शिक्षक-शिक्षिका र विद्यार्थीहरूकाे उपस्थिति थियाे ।

३१ वर्षसम्म विभागमा प्राध्यापन गराउनु भएका ८९ वर्षीय श्रेष्ठकाे यही चैत ३ गते मेडिसिटी अस्पतालमा निधन भएकाे थियाे ।

 

Categorized in व्यक्तित्व