STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माघ ३० गते सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २७, मंगलबार

काठमाडौं – सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

Categorized in राष्ट्रिय