STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादी त्यागेका मिलन लिम्बू रास्वपा इलाम-२ को उम्मेदवार

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १५, बिहिबार

काठमाडौं - नेकपा (माओवादी केन्द्र) परित्याग गरेका मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि लिम्बू रास्वपाका उम्मेदवार बनेका हुन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए । 

यसअघि लिम्बू माओवादी केन्द्रनिकट प्रेस सेन्टरमा आवद्ध थिए । उनले केहीदिन पहिले राजनीतिक दलसँगको आवद्धता परित्याग गरिसकेका छन् । 

आसन्न बैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यहीँ चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । 

Categorized in राजनीति