STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सभागृहमा सुरू

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २०, शुक्रबार

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएकाे छ । अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरिएपछि उत्पन्न तीव्र विरोधका बीच माओवादीको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएकाे हाे ।

बिहान ११ बजे बस्ने भनिएकाे बैठक साढे १ बजेतिर मात्र सुरू भएकाे हाे । बैठक यहि फागुन २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आज बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । एमसीसीका कारण पार्टीभित्र मतभेद देखिएपछि त्यसलाइ साम्य पार्न बैठकमा छलफल चल्ने जनाइएकाे छ ।

बैठकमा मुलुककाे वर्तमान समसामयिक राजनीतिक परिस्थिति, वैशाखमा हुने भनिएकाे स्थानीय तह निर्वाचन र त्यसकाे तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल केन्द्रित हुनेछ ।

Categorized in राजनीति