STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माइतीघरमण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वोच्चको कारण देखाऊ आदेश

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ८, शुक्रबार

काठमाडौं- सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा अदालतले कारण देखाऊ आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश समेत दिएको छ ।

Categorized in राजनीति