STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माइकल ज्याक्सनको बायोपिक २०२५ मा रिलिज हुने

Janjati Khabar – Janjati Khabar | २०८० पौष २७, शुक्रबार

काठमाडौं- आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तीब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट सुरु हुनेछ ।

फिल्ममा एन्टोनी फूक्वाको निर्देशन रहनेछ । यो प्रोजेक्ट लायन्सगेटको सहयोगमा निर्माण हुनेछ । फिल्ममा ज्याक्सनका भतिज जाफर ज्याक्सनले शीर्ष भूमिका निभाउनेछन् । युनिभर्सल पिक्चर्सले जापानबाहेकका देशका लागि फिल्मको अन्तर्राष्ट्रिय अधिकार लिइसकेको छ । फिल्म ‘ग्राहम किङ’ जोन ब्रैंका र जोन मेकक्लेनले मिलेर निर्माण गर्दैछन् ।

फिल्मको पटकथा जोन लोगनले लेखेका छन् । उनले यसअघि ‘ग्लाडिएटर’ र ‘द एविएटर’ जस्ता फिल्म लेखिसकेका छन् ।

निर्देशक एन्टोनीले फिल्मले ज्याक्सनको जीवनसँग जोडिएका सबै कुरालाई समेट्ने बताए । तर निर्देशकले दिवंगत संगीत आइकनसँग जोडिएका विवादलाई कसरी प्रस्तुत गर्छन् भन्ने यकिन भइसकेको छैन ।

बायोपिक उनको सम्पत्तिको संयोजनमा बनाइँदैछ, जसले बच्चाको यौन शोषणको आरोपविरुद्ध उनको बचाउ गरेका थिए । माइकलको जन्म २९ अगस्ट १९५८ मा गेरी, इण्डियाना (शिकागो, इलिनोइसमा एक औद्योगिक उपनगर)मा एक श्रमिक वर्गको परिवारमा भएको थियो । जोसेफ वाल्टर ‘जो’ र केथरिन एस्थर (नी स्क्रूज)का नौ सन्तानमध्ये माइकल सातौँ सन्तान थिए ।

Categorized in सिनेमा