महोत्तरीमा अज्ञात रोगबाट ११ को मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २०, शनिबार
काठमाडौं – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको मृत्यु भएको छ । यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साह पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो ।
बर्दिवासको मेघरोल र भङ्गाहाको मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि शुक्रबारसम्म आठ जनाको मृत्यु भइसकेको छ । बर्दिवासका चार, भङ्गाहाका ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार दुईजना चिकित्सक महोत्तरी पुगेको छ । उक्त स्वास्थ्य टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान भइरहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय