STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला फुटबल बराबरी गोलमा टुङ्गियो

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ४, शुक्रबार

नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि यू–१९ महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेल्नुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गर्नुभएको थियो । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।
Categorized in खेलकुद