STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला धिमेवादकको जीवनीमा चलचित्र बन्दै

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर २२, शुक्रबार

नेपालका पहिलो महिला धिमेवादक भक्तपुर कि इन्दिरा लाछिमस्यु को जीवनीमा आधारित बायोपिक फिल्म ‘इन्दिरा - धिमे मैं ’को विधिवत रुपमा भक्तपुरमा छायाङ्कन सुरु भएको छ । फिल्मको गत सोमबार भक्तपुरको प्रसिद्ध धार्मिक स्थल दत्तात्रय मन्दिर परिसरमा विधिवत पुजा गरिएको थियो भने भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो ।

नेपालभाषाका ख्यातिप्राप्त चलचित्रकर्मि सुरेन्द्र तुलाधरको निर्देशन रहने फिल्म नेपालमा धिमे बाजा बजाउने पहिलो महिलाको सत्य कथामा आधारित रहेर निर्माण हुन लागेको हो । धिमे वादनमा लागेका कारण परिवार र समाजबाट अवहेलना र तिरस्कार रहनु परेकी एक महिलाको कथालाई यो चलचित्रमा देखाइने भएको छ । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको सम्पूर्ण छायाङ्कन भक्तपुर आसपासका स्थानमा गरिनेछ ।

फिल्मका निर्माता गोपालकाजी कायस्थ हुन् । फिल्ममा नेवारी फिल्ममा प्रमूख भुमिकामा रोजिना सुवालको अभिनय रहनेछ भने रुपेन्द्र श्रेष्ठ , नगिना जोशी लगायत  अन्य  नाम  चलेका धेरै कलाकारहरुको पनि अभिनय अभिनय रहनेछ । 

निर्देशक सुरेन्द्र तुलाधर को लेखन रहेको यस चलचित्रको छायाँकार दिब्यराज सुवेदी,संगीतकार नील शाक्य र सुरेन्द्र श्रेष्ठको रहने छ ।

Categorized in सिनेमा