STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला चलचित्र पत्रकारहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २४, बुधबार

चलचित्र पत्रकार संघ नेपालको भर्खरै निर्वाचित नयाँ कार्य समितिको आयोजनामा नेपालको चलचित्र पत्रकारिता क्षेत्रमा सकृय तीन युवा पुस्ताका महिला पत्रकारहरुलाई सकृय पत्रकारिता सम्मान र एक जना अग्रज महिला चलचित्र पत्रकारलाई महिला चलचित्र पत्रकारिता सम्मान बाट सम्मानित गरेको छ । 

११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर नव निर्वाचित कार्य समितिका महिला उपाध्यक्ष सुरक्षा भट्टराइ को सभापतित्वमा बुधबार सम्पन्न  समारोहमा शिल्पा अधिकारी, बीना श्रेष्ठ र  सबि कार्की खडका लाई सकृय पत्रकारिता सम्मान र अग्रज महिला चलचित्र पत्रकार जयन सुब्बा मानन्धर लाई महिला चलचित्र पत्रकारिता सम्मान प्रदान गरेको छ ।

सो महिला  चलचित्र पत्रकारिता सम्मान कार्यक्रम पछी महिला चलचित्र पत्रकारिता विषयमा अन्तरक्रिया पनि सम्पन्न गरेको छ ।  अग्रज हास्य अभिनेत्री बसुन्धरा भुषाल प्रमूख अतिथी का रुपमा उपस्थित हुनु भएको सो समारोहमा अभिनेत्री भुसालको जन्मदिन पनि मनाएको थियो । 

समारोहमा सम्मानित हुनुहुने हरुको तर्फबाट जयन सुब्बा ,चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदुर गिरी र शान्तिप्रिय , वर्तमान अध्यक्ष समीर बलामी लगायत अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर र वरिष्ठ चलचित्र पत्रकार डब्बु क्षेत्री , संघका महासचिव रघुनाथ सापकोटा र निवर्तमान उपाध्यक्ष जीवन पराजुली ले अन्तर्राष्ट्रिय नारी दिवस र चलचित्र पत्रकारिता क्षेत्रमा महिला विषयमा धारणा राखेका थिए ।

Categorized in सिनेमा