STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महाेत्तरीबाट हराएका बालिका भारतमा फेला

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १८, बुधबार

महोत्तरीका नगरपालिका–८, धरमपुरका ७ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला परेका छन् ।

उनीहरुलाई अभिभावको जिम्मा लगाउन सितामाणीबाट जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ ।

उनीहरुको खोजी गर्ने क्रममा बिहान भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले बताइन् । भारतीय प्रहरीले सोधपुक्ष गर्दा उनिहरुले गायिका बन्न आएको अनौठो जवाफ दिएका छन् । घाँस काटन गएका बालिका हिजोदेखि सम्पर्क विहिन भएकोमा रातिबाटै उनिहरुको खोजिकार्य भएको शुरु भएको थियो ।

हिजो दिउँसो घाँस काट्न भनि गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हिजो देखि हराएका थिए ।

Categorized in राष्ट्रिय