STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महासचिव गुटरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १४, मंगलबार

काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।  

गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न भनिएको छ । साथै औपचारिक पोशाकमा आउन समेत सवै सांसदलाई भनिएको छ । 

महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् । 

नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि गुटेरेस

महासचिव गुटेरेस नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन् । यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसङ्घका तत्कालीन महासचिव वान्की मुनले संसद्को ल्होत्से हलमा सांसदहरूको भेलालाई सम्बोधन गरेका थिए ।

त्यतिबेला संसद्को ऐन र नियमावलीमा त्यसरी सम्बोधन गर्ने व्यवस्था नभएकाले ल्होत्से हलमा सांसदहरूको भेलालाई सम्बोधन गर्ने प्रबन्ध मिलाइएको प्रतिनिधि सभाका प्रवक्ता एकराम गिरीले बताए ।

संविधान सभाले संविधान बनाएर घोषणा गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेका थिए ।

२०५० सालतिर भारतका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल भ्रमणमा आएका बेला पनि उनले संसद्लाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । तर संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावलीमा त्यस किसिमको व्यवस्था नभएकाले नियम संशोधन गरेर भएपनि सम्बोधनको प्रबन्ध मिलाउने सल्लाह भएको सम्झन्छन् संसद्का तत्कालीन महासचिव सूर्यकिरण गुरुङ । 

तर किन हो गुजरालले सम्बोधन भने गरेनन् । उच्च तहका व्यक्तित्वहरू आफ्नो देशको औपचारिक भ्रमणमा आएका बेला सम्मानार्थ संसद्लाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको पूर्वमहासचिव गुरुङले बताए ।  

Categorized in राजनीति