STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महालेखाले रोक्यो तलब-भत्ताबाहेकका सबै बजेट निकासा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २४, बिहिबार

काठमाडौं - महालेखा नियन्त्रक कार्यालयले  तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा नदिन भनेका छ । पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

परिवर्तन भएका कार्यक्रममा बजेट निकासा गरेमा बजेट माग गर्ने र निकासा दिने अधिकारी जिम्मेवार बन्नुपर्ने महालेखाले सचेत गराएको छ ।

अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयकमार्फत केही कार्याक्रम परिवर्तन भएकाले सम्बन्धित निकायहरुलाई बजेट निकासा गर्न निर्देशन दिएको महालेखाले जनाएको छ । परिवर्तन भएका कार्याक्रममा बजेट निकासा गर्न नमिल्ने भएकाले कार्यालयले अनिवार्य खर्चबाहेक अन्य खर्चमा रोक लगाएको हो ।

Categorized in राष्ट्रिय