STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महाराजगञ्जमा सलोन, केकी, रिमा र अन्जुले गरे जुम ब्युटी एकेडेमीको नयाँ शाखा उद्घाटन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र १०, आइतबार

काठमाडौँ - लामो समयदेखि ब्युटीसियन क्षेत्रमा सक्रिय संस्था जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ) मा सञ्चालनमा आएको छ । शनिबार  सो  शाखा विधिवत रुपमा सञ्चालनमा आएको हो ।

जुमकी ‘ब्रान्ड एम्बेस्टर’ समेत रहेकी लोकप्रिय अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काटेर शाखाको भव्य उद्घाटन गरेका हुन् । कार्यक्रममा एकेडेमीका संस्थापकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले अतिथि कलाकारहरुलाई स्वागत गरेका थिए ।

कलाकारहरुले जुम ब्युटी एकेडेमीले कलाकारहरुसँग हातेमालो गर्दै यति भव्य कार्यक्रम गरेर शाखा उद्घाटन गर्न पाएको प्रति खूशी व्यक्त गर्दै आगामी दिनमा अझै उन्नती प्रगतीको शुभकामना दिएका छन् । 

एकेडेमीकी संस्थापक जुनु चक्रधरले महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको बताएकी छन् । “नेपालमा दिन प्रतिदिन बेरोजगारीको संख्या बढ्दो छ। अधिकांश महिलाहरू घर चलाउनका लागि विदेशिन बाध्य भएका छन्, सोही समस्यालाई मध्यनजर गर्दै जुमले महिला सशक्तिकरणका लागि विभिन्न कोर्शहरू भित्र्याएको छ”, चक्रधरले भनिन् ।

ललितपुरको कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, स्वयम्भू, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। अब छिट्टै भक्त्तपुरको कौशलटारमा १२ औं शाखा सञ्चालनको तयारीमा छ ।

यसैगरी जुमले महाराजगञ्ज शाखाको उद्घाटनका अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिएको छ । शनिबार एकेडेमीमा भर्ना हुन आउने विद्यार्थीहरूका लागि २५ देखि ५० प्रतिशत र सेवा लिन आउने ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट दिने कुरा बताएका छन् ।

Categorized in साहित्य-कला