STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महायज्ञमा रु १० करोड सङ्कलन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु १० करोड ७७ लाख ४२ हजार ६५८ सङ्कलन भएको हो । कतिपय दाताले नगद तथा चेक प्रदान गरेका गरेका थिए भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण गरिने श्ययाको दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि चैत २ देखि ९ सम्म सञ्चालित महायज्ञमा रु ९३ लाख खर्च भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । महायज्ञबाट रु २० करोड सङ्कलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पूरा भए पनि सहयोग सङ्कलन अभियान निरन्तर रहने जनाइएको छ । यस गाउँपालिकाका थुलुङराईको बाहुल्यता भएकाले गाउँपालिकाको नामकरण समेत थुलुङदूधकोशी गरिएको बताइन्छ । भ्याण्टिलेटरसहितको अस्पताल निर्माणका लागि महाअभियान थालिएको भन्दै यहाँका सम्पूर्ण जातजातीले उत्साहजनक सहभागिता जनाएको महायज्ञ मूलआयोजक समितिका कोषाअध्यक्ष बलराम गुरुङले जानकारी दिनुभयो । सामाजिक सद्भाव वृद्धि सोलुखुम्बु प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले महायज्ञले सामाजिक सद्भाव वृद्धि गरेको बताउनुभयो । उहाँले अस्पताल सञ्चालमा आएपछि हुनेखाने वर्गलाईनै बढी फाइदा हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष असिम राईले दुई वर्षको योजना भए पनि निर्धारित समय अगाडि नै योजना सम्पन्न गरिने जिकिर गर्नुभयो । चैत २ गते नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको सो अस्पताल निर्माणका लागि करीब २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको थियो । महायज्ञमा पण्डित दिनबन्दु पोखरेलले कथावाचन गर्नुभएको थियो । जिल्लामा एक अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य दुई दर्जन बढी स्वास्थ्य केन्द्र भएपनि यहाँ जटिल प्रकृतिको रोगको उपचार गर्न लाखांै खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।
Categorized in राष्ट्रिय