STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २५, शनिबार

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने तयारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएर नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गर्ने तयारी गरेको हो ।

'महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको लिस्ट परराष्ट्र मन्त्रालयमा दिएका छौँ,' स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, 'भारतमा भन्दा नेपालमा संक्रमण तीव्र गतिमा फैलिएकाले सहयोग लिने निस्कर्षमा पुगेका छौँ । परराष्ट्रले यसबारेमा थप प्रकृया अगाडि बढाउँछ ।'

काठमाडौं उपत्यकासहित कोरोना प्रभावित क्षेत्रका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, बेड भरिएका छन् । अस्पतालले धान्न नसकेपछि प्राङ्गणमै राखेर संक्रमितहरूको उपचार भइरहेको छ ।

Categorized in राजनीति