STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महामारीबाट सरकार पन्छिन खोज्नु आपत्तिजनक

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १८, शनिबार

काठमाडौं - सरकारले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य प्रणालीले धान्न नसकेको विज्ञप्ति निकालेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले आज विज्ञप्ति निकालेर नागरिकका साथमा रहनुपर्ने सरकार नै महामारीबाट पन्छिन खोज्नु आपत्तिजनक रहेको बताएको हो ।

अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिएर र श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न संघले सुझाव दिएको छ ।

संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमित हुँदै गइरहेको अवस्थामा उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण बनाउन पनि संघले माग गरेको छ ।

नेपाल चिकित्सक संघले महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैं सरकारलाई सहयोग र सहकार्य गर्न तत्पर रहेको नजाएको छ ।

Categorized in राजनीति