STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १८, सोमबार

 

एजेन्सी । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन।

विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो ।

क्यान्सर रोगसँग लडिरहेका पेलेको निधन भएको उनकै परिवार सदस्यले पुष्टि गरेका छन् । यसअघि अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले पेलेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका थिए ।

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।

पेलेले उनको जीवन कालमा चारवटा बिश्व खेलेका थिए । जसमातीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भइ १४ खेलमा १२ गोल गरेका थिए ।

उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

उनको निधनमा विश्वभरबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । पोर्चुगलका स्टार रोनल्डो, अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ब्राजिलकै स्टार नेयमारले पनि पेलेको निधनमा दुख व्यक्त गरेका छन् ।

 

Categorized in खेलकुद