STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मस्क संसारकै सबैभन्दा धनी व्यक्ति

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १९, बिहिबार

एजेन्सी- टेस्लाका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा लगातार दास्रो पटक पहिलो नम्बरमा परेका छन् ।

एक सर्वेक्षण अनुसार उनको हाल २७८.४ विलियन अमेरिकी डलर सम्पति हुँदा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनको यो सम्पति एशियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको भन्दा दोब्बर हो । गौतम अडानीको नेटवर्थ १३०.४ विलियन मात्रै रहेको छ ।

गत वर्ष एलनको सम्पति १८५ बिलियन अमेरिकी डलर भन्दा बढी रहेको सर्वेक्षणले देखाएको थियो ।

२०२१ मा अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोसलाई उछिन्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका उनी २०२२ मा आइपुग्दा पनि पहिलो स्थानमै कायम भएका हुन् ।

बेजोस भने सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए । तर गत वर्ष एलनले जोसेफको एकछत्र राजलाई ब्रेक गरिदिएका थिए ।

१९७१ जुन २८ मा दक्षिण अफ्रिामा जन्मिएका एलोन क्यानडा र अमेरिकामा प्रमुख रुपमा व्यवसाय गर्छन् ।

उनको कम्पनी टेस्लाले बिशेषत विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादन गर्दछ । यस कम्पनीको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। एलोनसहितका ३ जनाले सन् २००३ मा यसको स्थापना गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय