STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘विमुक्ति’ आउँदै

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २६, सोमबार

काठमाडौं – वरिष्ठ नेवार अगुवा एवं राजनीतिज्ञ मल्ल के. सुन्दरको नयाँ उपन्यास ‘विमुक्ति’ दशैंको अवसरमा प्रकाशित हुँदैछ ।

आउन लागेको ‘विमुक्ति’ उपन्यास मल्ल के. सुन्दरको यसअघि नेपालभाषामा प्रकाशित ‘व लँपु थ्व पलाः’ उपन्यासको नेपाली अनुवाद हुनेछ ।

नेपालभाषामा सर्वाधिक चर्चित बनेको ‘व लँपु थ्व पलाः’ उपन्यासले उपन्यास विधाको प्रतिष्ठित पुरस्कार ‘गंकी बसुन्धरा पुरस्कार’ जितिसकेको छ ।

उपन्यासका अनुवादकद्वय राजेन्द्र महर्जन र महेशराज महर्जन हुन् ।

उपन्यासलाई बुक हिल्स प्रकाशनले बजारमा ल्याउँदैछ । उपन्यासको लागि प्रिबुकिङ्ग खुल्ला भइसकेको उपन्यासकार मल्ल के. सुन्दरले जनजातिखबरलाई बताउनुभएको छ ।

 

Categorized in साहित्य-कला