STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्दिरबाट सहयोगापेक्षीको उद्धार

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेका सहयोगपेक्षी मगन्ते को उद्धार गरिएको छ । स्थानीय प्रशासनको सहयोगमा मानवसेवा आश्रमले मन्दिरमा मागेर जीवन गुजारिरहेका उनीहरूलाई उद्धार गरी आश्रममा ल्याइएको हो ।“कोही पनि मानिस सडकमा मागेर बस्नु नपरोस् भनेर अभियान शुरु गरेका छौँ” आश्रमका संयोजक सुमिरा लामाले भन्नुभयो, “एक वर्षभित्र मगन्तेरहित बागलुङ सडक बनाउने हाम्रो लक्ष्य छ ।”मन्दिरबाट तीन जनालाई उद्धार गरी आश्रममा ल्याइएकामा माग्न बसीरहेका साधु भने आश्रममा आउन नचाहेको उहाँकोे भनाइ थियो । “मन्दिर परिसरमा कोही पनि मगन्ते बस्न दिन्नौँ”, उक्त मन्दिर गुठीका अध्यक्ष राजु खड्काले भन्नुभयो, “नक्कली साधु बढी छन्, विकृति मौलाएको छ ।”, लागुऔषध सेवन गर्ने र भक्तजनलाई दुव्र्यवहार गर्नेजस्ता क्रियाकलाप बढेपछि मन्दिरबाट उनहिरूलाई हटाइएको उहाँले जानकारी दिनुभयो । मन्दिर भित्रने सडकको सौन्दर्य नै बिग्रने गरी सहयोगापेक्षी बसेपछि भक्तजनलाई आउजाउ गर्नसमेत कठिन भएको र साधुसन्तसहित अशक्त, असहायलाई संरक्षण दिन मानवसेवा आश्रम तयार भएकाले उनीहरूलाई उद्धार गरिएको अध्यक्ष खड्काले बताउनुभयो । “उक्त आश्रमले संरक्षण दिने भएपछि किन सडकमा मागेर जीवन गुजार्नुप¥यो”, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले भन्नुभयो, “बरु उनीहरूको सहज जीवनयापनमा सबैले सहयोग गरौँ ।’उद्धारका क्रममा प्रजिअ क्षत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायत उपस्थित हुनुहुन्थ्यो । मन्दिरबाट उद्धार गरिएका सहयोगापेक्षीको दैनिक भोजन मन्दिरले नै व्यवस्था गर्ने भएको छ । आश्रममा असक्त, बेसाहारा, मानसिक रोगीसहित २८ जनाले आश्रय लिइरहेका थिए ।
Categorized in राष्ट्रिय