मन्त्री खतिवडाले राजीनामा दिए
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार
काठमाडौं – अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई राजीनामा बुझाएको हो। पदावधि सकिनु एकदिन अघि खतिवडाले राजिनामा बुझाएको हो ।
प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गर्दै आफुले आजै साँझ राजीनामा दिने बताएका थिए ।
Categorized in राजनीति