STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मध्यपुर थिमि सहकारीका अध्यक्ष केके मानन्धरद्वारा सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न अनुराेध

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २१, आइतबार

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निगुपुखू क्षेत्रमा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा र डेन्टल आर्ट मल्टिस्पेसियालिटी क्लिनिकको समन्वयमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ११३ जना सदस्यहरू लाभान्वित भएका छन् ।

स्वास्थ्य शिविर पश्चात् भएको छलफल कार्यक्रममा संयोजक डा. उज्ज्वल जोशीले शिविरमा डेन्टल टेस्ट, एक्सट्रयाकसन, फ्लोराइडिङ लगायतको दाँत सम्बन्धिको विशेषज्ञ सेवा प्रदान गरिएको जनाए । ‘अहिलेको परिपेक्ष्यमा अधिकांस महानुभावको आम्दानी भन्दा खर्च बढी छ । खर्च बढ्नुको मुख्य कारण स्वास्थ्य उपचार महंगो भएर पनि हो । त्यसैले स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धि गर्दै हामीले एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेका छौं ।’ कार्यक्रम संयोजक डा. उज्ज्वल जोशीले बताए । 

एक फरक प्रसंगमा संस्थाका अध्यक्ष कृष्णकाजी (केके)मानन्धरले वित्तीय संस्थाप्रतिको पछिल्लो भ्रम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । सबै वित्तीय संस्थालाई एउटै डालोमा राखेर मुल्यांकन नगर्न उहाँले अनुराेध समेत गरे । निश्चित बहुउद्देश्यीय तथा लघुवित्त संस्था सञ्चालन गर्ने गलत नियत भएका सञ्चालक तथा व्यवस्थापकहरुको कारणले अहिले विसम परिस्थितिको सिर्जना हुनपुगेको उहाँले दाबी गरे । त्यसमाथि नियामक निकायबाट वित्तीय संस्थालाई हुनुपर्ने नियमित र व्यवस्थित ढंगको अनुगमन र निरीक्षण अभावले अहिलेको अवस्था आएको अध्यक्ष मानन्धरको ठहर छ । 

अहिले स्थानिय बासिन्दा तथा समाजसेवीहरुले नेतृत्व गरेको सहकारी संस्था कमै मात्र समस्यामा छन् । धेरैजसो बढी ब्याजको लोभ देखाएर पैसा मात्र संकलन गर्ने नियतले आएका सहकारीहरु समस्याग्रस्त अवस्थामा छ । त्यसैले हल्लाको भरमा दौडिएर भन्दा पनि सहकारी संस्थाको छवि, सञ्चालक तथा व्यवस्थापकहरुको कार्यशैलीलाई मूल्यांकन गरेर सदस्यहरुले सहकारीमाथि व्यवहार गर्नुपर्ने देखिन्छ ।

त्यस्तै, रेडक्रस उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रगतमा देखिएको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको दाबी गरे । पछिल्लो समय रगतको माग बढी रहेको श्रेष्ठको भनाइ थियो ।

मध्यपुर थिमि सहकारी संस्थाले समाजप्रतिको उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक रूपमा विभिन्न खाले गतिविधि गर्दै आएको छ । कार्यक्रमलाई संस्थाको शिक्षा उपसमिति र महिला उपसमितिले संयोजन गरेको हो । कार्यक्रममा सबभन्दा बढी बालबालिका र जेष्ठ नागरिकहरूको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।

Categorized in बिजनेस