STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मध्यपुरमा भाषण कला प्रशिक्षण सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ १४, आइतबार

भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित गरी एक हप्ते प्रखर भाषण कला तथा उद्‌घाेषण प्रशिक्षण कार्यक्रम सम्पन्न शनिवार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सो प्रशिक्षण कार्यक्रममा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र अाैपचारिक कार्यक्रम सञ्चालन गर्ने शैलीको प्रशिक्षण दिइएको हो ।

 प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका माननीय सांसद सन्ताेष परियारले भाषा, अभिव्यक्ति र सञ्चारकाे माध्यमले अामनागरिकमा चेतनाको विकास गर्नुपर्नेमा जोड दिए । बाेलीसँगै काम पनि देखाउनुपर्ने भन्दै उहाँले समाज परिवर्तनको लागि नेतृत्व इमान्दार हुनुपर्ने बताए । 

 

 त्यस्तैगरी रास्वपा मध्यपुर थिमि नगर समितिका सभापति न्हुछेरत्न मानन्धरले युवाहरुको राजनीतिक चेतनास्तर विकास भए मात्र नेतृत्वलाई सचेत र खबरदारी गराउन सकिने बताए । सहि नेतृत्व अभावले नेपाल पछि परेको बताउँदै अब युवा जनशक्तिको सामथ्र्यले देश विकास गर्नुपर्ने तर्क अघि सारे । सिबर्ड कलेजकाे सभाहलमा प्रत्येक साँझ दुई घण्टाकाे दरले सात दिनसम्म दिइएको प्रशिक्षणलाई एक समारोहकाबीच समापन गरिएको छ । स्मृति भट्टराईकाे संयोजनमा सञ्चारकर्मी केके मानन्धर र जेसीआई ट्रेनर रश्मी शिल्पकारद्वयले दिएको प्रशिक्षणकाे समापन कार्यक्रमलाई मुरारी नेपालले अाकर्षक ढंगले सञ्चालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा भक्तपुर नगर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरका नेता तथा कार्यकर्ताहरूकाे सहभागिता थियो ।

स्रोत - केके मानन्धर

Categorized in साहित्य-कला