STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार

चन्द्रागिरि नगरपालिकाले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार नगरपालिकामा बसेको ‘समुदाय–प्रहरीपालिका समिति’को बैठकले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले अवैध घरेलु मदिराको व्यावसायिक उत्पादन बिक्री वितरण तथा ओसारपसार तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकविरुद्ध कारवाही गर्ने निर्णय गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नगरपालिकाको शान्ति सुरक्षाका लागि नगरपालिकाले नै नेतृत्व लिएर राम्रो कामको थालनी गरेको बताउनुभयो । “चन्द्रागिरिको शान्ति सुरक्षा कायम राख्न थानकोट वृत्तले समेत सहयोग गर्छ”, उहाँले भन्नुभयो । बैठकले लागुऔषध सेवनविरुद्ध विशेष स्विप अप्रेशन सञ्चालन गर्ने, लागुऔषध कारोवारी तथा ओसारपसारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्ने र लागुऔषध प्रयोगकर्ता र प्रयोगकर्ताको अभिभावकलाई नियमित रूपमा मनोसामाजिक विमर्श कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले लागुऔषध सेवन गरी सवारीसाधन चलाउने जोसुकै चालकलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही गरिने बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना