STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मदन पुरस्कारका लागि आठ कृति छनोट

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २३, सोमबार

काठमाडाैँ - मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो ।

साहित्यकार डा नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ । यी मध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने छ ।

Categorized in साहित्य-कला