STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मदनकृष्ण श्रेष्ठकी नातिनी को कविता संग्रह सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र ५, मंगलबार

अभिनय जगतका हास्य सम्राट कहलिएका विख्यात कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी गृष्मा श्रेष्ठ को " दि पार्टिकुलर मार्श ” शिर्षकको अंग्रेजी कविता संग्रह सार्वजनिक गरिएको छ ।

मंगलबार पाठशाला नेपालको मदनकृष्ण नाट्यशालामा सम्पन्न पुस्तक सार्वजनिक कार्यक्रममा विशिष्ट चिकित्सक डा जगदिश लाल वैद्य , साहित्य अन्वेषक प्रकाश सायमि लगायत समालोचक प्रा महेश पौड्याल र अनुराधा लगायतले प्रकाशित पुस्तक बारे मन्तव्य राखेका थिए । 

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले आफ्नो नातिनी को अंग्रेजी ज्ञान र अंग्रेजी भाषा मा लेखिएका कविताहरु देखेर आफू अत्यन्त खुशी भएको बताए ।  कवियत्रि गृष्मा श्रेष्ठका पिता यमन श्रेष्ठले सन्चालन गरेको सो पुस्तक सार्वजनिक समारोहमा साहित्य र सांस्कृतिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Categorized in साहित्य-कला