STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मतपत्रमा हरियो रंग राख्नु अनुचित : ओली

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २४, मंगलबार

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराएका छन् ।

उनले कुनैपनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित नहुने उल्लेख गरे । त्यस्तै ओलीले अदालत, संसद, निर्वाचन आयोग र सिंगो सरकार एमाले विरुद्ध लागिरहेको आरोप लगाए । त्यस्तै उनले न्यायाधीशले कानून हेर्न छोडेको र व्यक्तिको उदेश्य हेरेर फैसला गरिरहेको जिकिर गरे ।

ओलीले सत्तामा रहेका दलहरुलाई समृद्ध नेपाल सुखी नेपालीको नारा मन नपरेको धारणा राखे । कार्यक्रममा ओलीले चुनावबाट सरकार बन्ने भएपनि अहिलेको सरकार परमादेशबाट बनेको भन्दै अदालतबाट मुद्दा जितेर सरकार बनाउने गलत नजिर बसेको बताए ।

अध्यक्ष ओलीले अबको निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने दाबी गरे । आगामी निर्वाचनका लागि एमालेलाई शसक्त बनाउने अभियान चाल्न पनि उनले आग्रह गरे ।

Categorized in राजनीति