STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मकवानपुर जिप दुर्घटनामा चारजनाकाे मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ८, आइतबार

काठमाडौं - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा शनिबार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ ।

आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

मृतक चारजना पुरुष रहेका छन् । घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना