STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मंसिर २ गते एकैचरणमा चुनाव गर्न आयाेगकाे सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ गते एकै चरणमा दुई निर्वाचन गर्न सिफारिस गरेको हो ।

आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको आयुक्त थपलियाले बताएका छन् । साथै, प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न पनि निर्देशन दिएका छन् ।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था रहेको छ । आयोगले निर्वाचन गर्न १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न आग्रह गरेको छ ।

Categorized in राष्ट्रिय