STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मंसिरमा अन्तर्राष्ट्रीय नाट्य महोत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन ११, मंगलबार

नेपालको नाट्य क्षेत्रमा सकृय रहँदै आएको मण्डला थिएटरको आयोजनामा  नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ  । 

आगामी मंसिर ९ देखि १७ गतेसम्म जम्मा ९ दिन चल्ने सो नाट्य महोत्सवमा एउटा बृहत अन्तर्क्रिया गर्ने उद्देश्यले भारतका एक विख्यात नाट्यकर्मिलाई निमन्त्रणा गरिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । तर अहिले उहाँ सितको कुरा टुंगो नलागिसकेकोले यसबारे थप कुरा भने केही पनि खुलाइएको छैन ।

सो नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ भने जसमध्ये पाँचवटा नेपाली नाटक रहने छन्  । २०० जना कलाकारले भाग लिने महोत्सवमा १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च, विविधताको उत्सव’ नारासहित हुन लागेको नौ दिवसीय महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाली नाटक मञ्चन हुनेछन् ।

भारत, उरुग्वे, कम्बोडिया लगायतका मुलुकबाट आएका कलाकार तथा अभियन्ताले कार्यशाला र तालिम सञ्चालन गर्ने भएका छन् । डेढ करोड रुपैयाँ बजेटमा आयोजना हुन लागेको फेस्टिभलमा सांस्कृतिक झाँकी, अन्तरक्रिया र छलफल पनि हुने भएको छ ।

फेस्टिभल संयोजक विजया कार्कीले इनोभेटिभ आइडिया अवार्डको पनि पत्रकार सम्मेलनमा घोषणा गरिन् । एक लाख रुपैयाँ राशी रहेको यो अवार्डमार्फत इच्छुकले निर्देशन, लेखन, निर्माण, अनुसन्धानजस्ता विधामार्फत आवाज प्रस्तुत गर्न सक्नुपर्नेछ । सोमबारदेखि नै अवार्डका लागि आवेदन समेत खुलेको छ ।

सो  अन्तर्राष्ट्रीय नाट्य महोत्सवका फेस्टिभल संयोजक विजया कार्कीले इनोभेटिभ आइडिया अवार्डको पनि व्यवस्था रहेको कुरा सो पत्रकार सम्मेलनमा घोषणा गरिन् । एक लाख रुपैयाँ राशी रहेको यो अवार्डमार्फत इच्छुकले निर्देशन, लेखन, निर्माण, अनुसन्धानजस्ता विधामार्फत आवाज प्रस्तुत गर्न सक्नुपर्नेछ । सोमबारदेखि नै अवार्डका लागि आवेदन समेत खुलेको छ ।

मण्डला नाटकघरका संस्थापक अध्यक्ष दयाहाङ राईले आफूहरुले नाटकलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेको बताए । २-२ वर्षमा नाटक महोत्सव आयोजना गर्ने आफूहरुको उद्देश्य रहेको उनले सुनाए । रंगकर्मी तथा अभिनेता अनुप बरालले नाट्य अभियानलाई समृद्ध तुल्याउन एकताको जरुरी रहेको बताए ।

महोत्सव निर्देशक सिर्जना सुब्बाले जानकारी गराए अनुसार प्रतिष्ठित भारतीय सहित अन्य विदेशी पाहुनालाई पनि मास्टरक्लासको लागि निम्तो दिइए पनि अझै टुंगो नलागेको बुझिएको छ भने यसबारे टुंगो लागेपछि अौपचारिक जानकारी गराउने कुरा पनि सो प्रेस मिट मा घोषणा गरिएको छ ।

Categorized in साहित्य-कला