STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार

काठमाडाैं – जिल्ला प्रशासन कार्यालय सप्तरीले  मंगलबारदेखि लागु हुनेगरी सप्तरीमा निषेधाज्ञा जारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन बढ्दै गएपछि थप फैलन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।
Categorized in राष्ट्रिय