STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भ्रष्टाचाविरुद्ध जनकविको कडा कविता

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २७, बिहिबार

काठमाडौं– देशमा अहिलेको कोरोनाको संकट चुलिँदै आएको छ । यसको रोकथाम र नियन्त्रणको लागि देश नै ‘लकडाउन’ छ । यसबीच पनि देशमा भ्रष्टाचार तथा कालोबजारी अझै मौलाएको छ । यस स्थितिलाई जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो काव्यमार्फत् सावधानी गरेका छन् । प्रस्तुत छ, जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो फेसबुकमार्फत् प्रकाशित सावधानी कविता (सं.) ।

सावधान !

जनकवि दुर्गालाल श्रेष्ठ

देश विपत्‌मा पर्दैछ यता

चुलिँदो छ उता भ्रष्टाचार !

योभन्दा अरु के छ र गिर्नु

कम्युनिष्ट अरे यो सरकार !

यो कोरोना जरुर विपत् हो

हुनुपर्दछ यस्को उपचार !

तर योभन्दा त्यो तत्व अहो !

वादैको वनमाराझार !

सावधान है ! बेलैमा यो

फाल्नैपर्छ उखेलेर !

नत्र भोलि यो कोरोना भै

आउनेछ है उम्रेर !

Categorized in सिनेमा