
भ्रमण वर्षको अवसरमा लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले विशेष छुट दिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ १२, शुक्रबार

चितवन - भरतपुर महानगरपालिका–६ देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै ग्राहकहरुकालागि विशेष छुट दिने योजना बनाएको छ । एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यले बताए अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो ।
विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा कोठाका साथै बिहानको नास्ता तथा बिहान र बेलुकीको खाना सुविधा उपलब्ध गराइने आचार्यले बताएका छन ।
एलटिकेले भ्रमण वर्षको अवसर पारेर घोषणा गरेको छुट अफरमा जंगल सफारी, विभिन्न सामाजिक संघ संस्थाहरु सँगको समन्वयमा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने कार्यक्रम गरिने आचार्यको भनाइ छ । जोडी बाहेक आउने व्यक्तिहरुका लागि समेत विशेष छुट सहित खाने र बस्ने तथा विभिन्न प्याकेजहरु प्रदान गरिने भएको छ ।
Categorized in बिजनेस