STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भ्रमको पछि नलागौं’ : बालेन

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ४, शुक्रबार

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबो सहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखद भएको बताएका छन्। 

उनले लेखेका छन्, ‘विगत केही महिनादेखि काठमाडौं महानगरले खुलामञ्चमा प्लास्टिकको दुबो सहितको ५ करोडमा खेल मैदान बनाउदैछ छ भनेर समाचारहरू आइरहेका छन्। महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुःखद छ । यसले आममानिसमा भ्रम सृजना गरेको पाइयो।’

राजधानीको खुलामञ्च सधैँ खुलै हुनुपर्ने महानगरको चाहना भएको बताउँदै उनले त्यो खुलामञ्च बहुउपयोगी महत्वको बनोस् भन्नेमा आफू सचेत रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकुन्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइओस्।’

महानगरले खुलामञ्चमा थुप्रिएका कंक्रिट हटाएको भन्दै यसलाई सहज बनाउन अर्को प्रक्रियाको थालनी भइरहको उनको भनाइ छ।

Categorized in उपत्यका