STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भोलि देशभर शोक बिदा, विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

 

काठमाडौं - आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले बैठकपश्चात् भोलि शोक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनाबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

सरकारले दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

यस्तै, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

Categorized in राष्ट्रिय